दफा १०
पत्रपत्रिका वितरण संपरीक्षण समिति

(१) नेपाल सरकारले काउन्सिलको परामर्श लिई एक पत्रपत्रिका वितरण संपरीक्षण समिति गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको समितिमा देहाय बमोजिम सदस्यहरू रहनेछन् :–
(क) प्रेस रजिष्ट्रार –अध्यक्ष
(ख) प्रतिनिधि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय –सदस्य
(ग) प्रतिनिधि, प्रेस काउन्सिल –सदस्य
(घ) लेखापरीक्षण संघ, विज्ञापन संघ वा एजेन्सी तथा व्यापारिक वा औद्योगिक संस्थाबाट एकएक जनाका दरले नेपाल सरकारले मनोनीत गरेको तीन जना व्यक्ति -सदस्य
(३) काउन्सिलले तोकेको अधिकृत समितिको सचिव हुनेछ ।
(४) उपदफा (२) को खण्ड (घ) बमोजिम मनोनित सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।